नागढुंगा–मुग्लिन सडक रातको समयमा ३ दिन बन्द



काठमाडौं, चैत्र १७ । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न मंगलबारदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्