कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै, तीन एजेण्डा तय



काठमाडौं, चैत्र १७ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरु हुँदैछ ।

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे सुरु हुनेछ । बैठकका लागि समूहले तीन प्रमुख एजेन्डा तय गरेको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको हालको राजनीतिक अवस्था, महाधिवेशनको तयारी र आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ ।

निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार बैठकमा २१ फागुनको निर्वाचन परिणामको समीक्षा, १५ औं महाधिवेशनको कार्यतालिका र तयारी तथा सम्भावनाबारे मुख्य छलफल हुनेछ ।

यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा २८–३१ वैशाखमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित भएको थियो ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्