सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफलमा प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सोमबारदेखि सिंहदरबारमा विभिन्न प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल जारी छ ।

यसै क्रममा मंगलबार पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुसँग छलफल गरेका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री बालेनले सम्बन्धित क्षेत्रका सांसदसँग त्यहाँको समस्या, समाधानका उपाय र सम्भावनाबारे सुझाव माग गरिरहेका छन् ।

सबै सांसदहरूले पनि आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरिरहेका छन् ।

प्रधानमन्त्री शाहले सोमबार कर्णाली र कोशी प्रदेशका सांसदहरुसँग त्यहाँको समस्या,समाधानका उपायबारे सुझाव माग गरेका थिए ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्