युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ
काठमाडौं । एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।
जेष्ठ नागरिकमाथि अभद्र ब्यवहार गरेको आरोपमा प्रहरीले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईलाई पक्राउ गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा लगनखेल स्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा रहेका जेष्ठ नागरिकलाई उनले हुत्याएका थिए ।
उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीविरुद्ध उजुरी परेपछि म्याद थप गर्ने प्रहरीको तयारी छ ।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार
















