एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौँ, चैत्र १८ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभामा नेकपा एमाले तेस्रो दलको रुपमा रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा संसदका दुवै सदनको बैठक बिहीबारदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्