मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते



काठमाडौं । मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकर घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्