दाङमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



दाङ, २० चैत। दाङको लमही बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका लमही नगरपालिका–६ बस्ने वर्ष ५५ का समुन्दर चौधरीको मृत्यु भएको हो । उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले राति ११ः५५ बजे मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङले जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्