सरकारलाई झाँक्रीको प्रश्न: भदौ २४ गतेको घटनाको छानबिन कहिले हुन्छ ?



काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको निष्पक्ष छानविन कहिले हुन्छ भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले उक्त घटना छानविनमा ढिलाइ गर्न नहुने बताएकी हुन् ।

उनले भनिन्- ‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो रु अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त, त्यसको जिम्मा कसले लिने हो ? भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरबार जे खण्डहर बन्यो । यो इतिहासमा के भएको थियो। त्यसको निष्पक्ष छानबिन कहिले हुन्छ ? ’

सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताइन्।

युवाहरुलाई गलत ढंगले परिचालन गर्ने र सिंहदरबारलगायत ठाउँलाई खण्डहर बनाएकामा आफू भावविह्वल भएको भन्दै उनले त्यस घटनाको तथ्य सार्वजनिक हुनुपर्ने माग राखिन् ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्