नेपालले आइसीसी लिग २ का लगातार दुई शृंखला खेल्ने



काठमाडौं २४ चैत । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ।

नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ।

नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई बीचको शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुनेछ। यो शृंखला पूर्व एसियामा भएको संकटका कारण स्थगित भएको थियो।

त्यस्तै उक्त शृंखला सकिने वित्तिकै नेपालले अर्को लिग २ को शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ। उक्त शृंखला मे १२ देखि २२ सम्म चल्नेछ।

८ टोली सम्मेलित लिग २ को शृंखलामा नेपालले २० खेलबाट १२ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्