राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
काठमाडौं। राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन्।
संघीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।
रिक्त रहेका ४ वटै समितिमा सभापतिका लागि सङ्घीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन गर्ने समय तोकेको थियो ।
मनोनयनका लागि तोकिएको समयमा एकरएक जनाको उम्मेदवारी परेकाले सबै समिति सभापति निर्विरोध निर्वाचित भएका थिए।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार
















