देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको हो ।

स्रोतका अनुसार अदालतले पक्राउका लागि बाटो खोलिदिए पनि देउवा दम्पती हाल नेपालमा नरहेका कारण तत्कालै नियन्त्रणमा लिन प्रहरीलाई प्राविधिक कठिनाइ भएको बुझिएको छ । विभाग र सुरक्षा निकायका उच्च अधिकारीहरूका अनुसार उनीहरू हाल वैदेशिक भ्रमणमा रहेको र स्वदेश फर्किएलगत्तै कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका देउवा गत पुस ३० गते विशेष महाधिवेशनमार्फत गगन थापा पार्टीको सभापति चयन भएपछि न उम्मेदवार बने न निर्वाचनमा मत मागे।

उनी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भागसमेत लिएका थिएनन्।

देउवा निर्वाचन हुनभन्दा ठिकअघि फागुन १३ गते उपचारको बहानामा सिंगापुर लागेका थिए।

सिंगापुरमा उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारीक कार्यक्रममा सहभागि हुन देउवा हालै पत्नि आरजु राणासंगै सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्