सोमबार १६ वटा जहाज मात्रै स्ट्रेट अफ होर्मुज वारपार



तेहरान । मध्यपूर्वको रणनीतिक मार्ग स्ट्रेट अफ होर्मुजमा सोमबार केवल १६ वटा जहाजले आवतजावत गरेका छन् । अमेरिका र इरानबिच युद्धविराम रहन्छ कि टुट्छ भन्ने दोधारका बिचमा जहाजका क्याप्टेन र मालिकहरू सशङ्कित बनेका छन् ।

मरिन ट्रााफिक डट कमको तथ्यांकअनुसार, ९ वटा जहाज स्ट्रेटमा प्रवेश गरेका थिए, जसमा एक ट्यांकरसहित दुई इरानी ध्वजावाहक जहाज थिए । त्यस्तै, ७ वटा जहाज बाहिरिएका थिए, जसमा एक इरानी कार्गो जहाज पनि थियो ।

केही जहाजहरूले आफ्नो ट्रान्सपोन्डर बन्द गर्न वा आफ्नो स्थान लुकाउन संकेत परिवर्तन गर्न सक्ने भएकोले वास्तविक संख्या फरक हुन सक्ने र आफूले पूष्टि गर्न नसकेको सीएनएनले भनेको छ ।

यसअघि सोमबार, अमेरिकी मध्य कमान्ड (सेन्टकम)ले अमेरिकाले स्ट्रेटमा नाकाबन्दी लगाएयता अमेरिकी सेनाले २७ वटा जहाजलाई फर्किन वा इरानी बन्दरगाहतर्फ जान निर्देशन दिएको बताएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्