हटाउन लागिएको थापाथलीको सुकुमवासी बस्तीमा प्रहरीले राख्यो अत्याधुनिक सीसीटीभी



काठमाडौं । सरकारले भोली विहानबाट डोजर लगाएर हटाउन खोजेको थापाथलीको सुकुमवासी बस्ती क्षेत्रमा प्रहरीले सीसीटीभी जडान गरेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलहरुमा प्रहरीले सीसीटीभी जडान गरेको हो ।

सुरक्षाका लागि सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरकाले नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको जानकारी दिएको छ ।

‘काठमाडौंलाई सुरक्षित राख्ने उद्देश्यअनुसार सीसीटीभी जडान भएको प्रहरीको भनाई छ ।

सुकुमवासी बस्ती हटाउन सरकारले डोजर प्रयोग गर्ने तयारी गरेको र त्यसविरुद्ध केही युवाहरु भेला भएर सरकारविरुद्ध प्रदर्शन गरेका बेला सीसीटीभी जडान गर्न लागेको देखेर कतिपयले चासो व्यक्त गरेका छन् ।

यद्यपी प्रहरीले भने नियमित कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा सीसीटीभी जडान भइरहेको र सोही अनुसार आज थापाथलीमा पालो परेको जनाएको छ ।

उक्त क्यामरा जडान गरेसँगै प्रहरीले कुनै मुठभेडको अवस्थामा अनुसन्धानका लागि सहयोग पुर्‍याउनेछ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्