Deshko News
१६ आश्विन २०८०, मंगलबार

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार



काठमाडौँ, वैशाख २६
नेपालमा आगामी स्थानीय चुनावको चर्चा चलिरहँदा उता बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् ।

आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लाग्नुभएको हो । उहाँ हाल बेलायतको लेबर पार्टीबाट काउन्सिलर हुनुहुन्छ ।

बेलायती संसद्को प्रमुख प्रतिपक्ष पार्टी लेवर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यबाट संसदीय निर्वाचनको चुनावमा उम्मेदवार हुन आवेदन मागेकोमा डा कैनीले आवेदन दिनुभएको हो ।

डा कैनीले रासससँग कुरा गर्दै आगामी मे ११ मा औपचारिक रुपमा उम्मेदवारी दर्ता गराउने जानकारी दिनुभयो ।

बेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको यो पहिलोपटक हो । उहाँले आफ्नो निर्वाचनको मुख्य योजना डार्टफोर्ड क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा, यातायात र सहरी विकास रहेको बताउनुभयो ।

सन् २००५ मा बेलायत प्रवेश गर्नुभएका कैनीले सन् २०१३ मा लेवर पार्टीको सक्रिय सदस्य, सन् २०१४ मा महासमिति सदस्य र सन् २०१५ मा काउन्सिलर पदमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News