शिवम् सिमेन्टद्वारा खुट्टाले लेख्ने सन्देशलाई शैक्षिक सहयोग
काठमाडौँ १५ वैशाख। जन्मजात दुवै हात नचल्ने अवस्थामा पनि खुट्टाको सहारामा लेखेर पढाइ जारी राखेका रोल्पाका १२ वर्षीय सन्देश बुढा मगरलाई शिवम् सिमेन्ट्स लिमिटेडले शैक्षिक सहयोग गर्ने भएको छ।
कक्षा ५ उत्तीर्ण सन्देशको रोल्पामा अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक अवस्थाका कारण थप अध्ययनमा कठिनाइ आएको थियो।
शिवम् सिमेन्टले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा उनको अध्ययन र अपाङ्ग नवजीवन केन्द्रमा आवास तथा हेरचाहको व्यवस्था मिलाएको छ। माध्यमिक तहसम्मको सम्पूर्ण खर्च कम्पनीले अर्धवार्षिक रूपमा व्यहोर्नेछ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार
















