चितवन अटो शोमा एमएडब्लू ग्रुपको धमाका — १०० भन्दा बढी बुकिङ!



काठमाडौँ २७ वैशाख। भरतपुरको चितवन एक्स्पो सेन्टरमा सम्पन्न चितवन अटो शो २०२६ (CADA) मा एमएडब्लू ग्रुपले ऐतिहासिक उपलब्धि हात पार्‍यो ।

भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजित उक्त कार्यक्रममा सहभागी अटोमोबाइल ब्रान्डहरूबाट संयुक्त रूपमा १०० भन्दा बढी बुकिङ प्राप्त भएको हो।

१०० भन्दा बढी बुकिङको यो उपलब्धि कुनै एक ब्रान्डको मात्र सफलता नभई एमएडब्लू ग्रुप अन्तर्गतका विविध
अटोमोबाइल ब्रान्ड र मोबिलिटी समाधानहरूको संयुक्त सफलताको परिणाम भएकाे कम्पनीकाे िवश्वास छ । एउटै विश्वसनीय छातामुनि विभिन्न ब्रान्ड तथा सेवाहरू प्रस्तुत गर्दै एमएडब्लूले व्यक्तिगत सवारीसाधनदेखि व्यावसायिक यातायातसम्म
ग्राहकका फरक–फरक आवश्यकताहरू पूरा गर्न सक्ने आफ्नो क्षमताको प्रदर्शन गरेको थियो। CADA मा एमएडब्लूको
एकीकृत उपस्थितिले नेपालकै अटोमोबाइल क्षेत्रमा यो समूहलाई बलियो र प्रभावशाली शक्तिका रूपमा स्थापित
गरेको छ।

विशेष आकर्षण फोटोन मोटर्स रह्यो — फ्यामिली रिट्रिट प्याकेज, ५५ इन्च टेलिभिजन, रेफरल बोनस र नगद छुटजस्ता आकर्षक अफरले ग्राहकलाई खिच्यो। फोटोन मोटर्सले कमर्सियल भेहिकल सेग्मेन्टमा ‘बेस्ट एक्जिबिटर’ अवार्ड पनि जितेकाे छ।

कार्यक्रमले चितवन अब नेपालकै महत्त्वपूर्ण क्षेत्रीय अटोमोबाइल बजारका रूपमा उदाउँदैछ भन्ने स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार