पोखरामा जेसीबी नेपालले १२ मेसिन हस्तान्तरण गर्‍यो



काठमाडाैँ २७ वैशाख। पश्चिमी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा विशेष कार्यक्रमबीच प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ।

हस्तान्तरण गरिएका मेसिनमा जेसीबीका 3DX ब्याकहो लोडर र JCB 221 एक्स्काभेटर समावेश थिए। टिकाउपन, उच्च रिसेल भ्यालु र भरपर्दो सेवाका कारण यी मेसिन नेपालमा व्यापक रूपमा विश्वास गरिएका छन्।

कार्यक्रममा बोल्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुवेदीले भने — “यो केवल हस्तान्तरण होइन, बजारको वास्तविक विश्वास कहाँ केन्द्रित छ भन्ने संकेत हो।”

पश्चिम नेपालमा पूर्वाधार विकासले गति लिइरहेको यस बेला अग्रणी ठेकेदार र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा लाइभ मेसिन प्रदर्शन र ग्राहक अन्तरक्रिया सत्र पनि आयोजना गरियो।

३२ भन्दा बढी सेवा केन्द्र र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरको सञ्जालसहित जेसीबी नेपालले क्षेत्रीय बजारमा नयाँ प्रतिस्पर्धात्मक मापदण्ड स्थापित गरेको छ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार