सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद



मोरङ। मोरङमा सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले आइतबार राति २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए ।

उक्त झोलाबाट ५०० दरका ४० बण्डल २० लाख बराबरको भारतीय रुपियाँ बरामद भएको हो ।

बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी बलले जनाएको छ

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार