स्मार्ट टेलिकम लिलामी प्रकरण : एनसेलमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्यालयमा छापा मारेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाएको सीआईबीले एनसेलको कार्यालयमा छापा मारेको हो ।

स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको छ । सीआईबीले केही केही कागजात नियन्त्राणमा लिएको छ ।

सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमकाक टावरलगायतका सम्पत्ति एनसेलले सकारेको थियो ।

स्मार्ट टेलिकम लिलामी प्रकरणमा इन्भेष्टमेन्ट बैंकका सीइओ पक्राउसँगै एनसेलका आचार्य दाजुभाइ खोज्दै सीआईबी !
स्मार्ट टेलिकम लिलामी प्रकरणमा इन्भेष्टमेन्ट बैंकका सीइओ पक्राउसँगै एनसेलका आचार्य दाजुभाइ खोज्दै सीआईबी !

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग मिलेर एनसेलका मुख्य लगानीकर्ता शतिशलाल आचार्यले लिलामी सकारेपछि सीआईबीले अनुसन्धान गरिरहेको छ । यहि प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योती पाण्डे पक्राउ परिसकेका छन् ।

स्मार्ट टेलिकमका सम्पत्ति लिलामीमा बैंकको समेत पूर्णरुपमा मिलेमतो देखिएको छ । फर्जी कम्पनी खडा गरेर स्मार्ट टेलिकमका सामान एनसेल आजियटाले हत्याएको थियो ।

फर्जी कम्पनी खडा गरेर स्मार्टको उपकरण लिलामी, एनसेल र इन्भेष्टमेन्ट बैकको पूर्ण मिलेमतो !
फर्जी कम्पनी खडा गरेर स्मार्टको उपकरण लिलामी, एनसेल र इन्भेष्टमेन्ट बैकको पूर्ण मिलेमतो !

उक्त सम्पत्ति हत्याउँदा एनसेल आजियटाका सञ्चालक शतिशलाल आचार्य र उनको भाइ सचिनलाल आचार्यको समेत मिलेमतो रहेको खुलेको छ ।

एनसेलको शेयर खरिद गर्दा पनि ठूलो रकम हुण्डीमार्फत विदेश पठाएको प्रकरणमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्