प्रधानमन्त्री सदनमा नआएपछि हर्कले भने- आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आज पनि आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रधानमन्त्री सदनमा नआउनु संसद्को मर्यादा र परम्परा विपरीत भएको बताएका छन्।
उनले कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान समेत राखेका छन् ।
उनले भने- ‘प्रधानमन्त्री यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ । यदी प्रधानमन्त्री उपस्थित नभए श्रम संस्कृति पार्टी बैठकबाट बाहिरिने छ ।’
यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने समेत उनले बताए ।
सामाजिक परम्पराको प्रसङ्ग उठाउँदै उनले थप भने- ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ । काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन ।’
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार
















