सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन



काठमाडौँ ३१ वैशाख। सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा तथा त्यसपछि सार्वजनिक रूपमा उठेका विषयहरूको अध्ययन र छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा सत्य–तथ्य अध्ययन तथा छानबिन गरी सरकारलाई राय–सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउनुपर्ने कार्यादेश पाएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्