राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा वर्षेनी बढ्दै गएको बेरुजुले सार्वजनिक निकायहरूको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको बताएका छन् ।

‘बेरुजु फछ्र्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्छ,’ उनले भने।

उनले वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू थप जिम्मेवार र जवाफदेही बन्नुपर्ने आवश्यक रहेको बताए ।

राष्ट्रपतिले अनियमित सरकारी खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा सुशासन, दिगो विकास, शान्ति र समृद्धिप्रतिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

साथै वार्षिक प्रतिवेदनमा उठाइएका विषयहरूले सम्बन्धित निकाय तथा सरोकारवालाहरू थप जिम्मेवार बन्न प्रेरित गर्ने उनको भनाई छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्