प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी



प्युठान । प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देवीस्थान–दाङ सडकखण्डमा लु प्र ०२००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् । हालसम्म मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

दुर्घटनाग्रस्त भ्यान सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ

दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार