ध्रुवराजले ‘बाँदर मार्न पाउनुपर्छ’ भनेपछि आशिकाको नियमापत्ति



काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गर्दा सांसद राईले बाँदरले दुस् ख दिएको भन्दै मार्न पाउनुपर्छ भन्दै आफ्नो धारणा व्यक्त गरेका थिए ।

राईको उक्त अभिव्यक्तिप्रति सांसद तामाङले उठेर आपत्ति जनाएकी हुन् ।

‘उहाँले बाँदर मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । त्यो आपत्तिजनक छ,’ उनले भनिन् ।
सांसद तामाङले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्