संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग अत्यन्तै जायज छ : सभामुख अर्याल
काठमाडौं । जारी प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले अवरोध गरिरहेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृती पार्टीले संसद जारी रहँदा उभिएर विरोध गरिरहेका छन् ।
प्रतिपक्षी दलको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले बैठकलाई भने निरन्तरता दिइरहेका छन् । विपक्षी दलहरुले प्रधानमन्त्रीकाके उपस्थिति बिना सदन चल्न नदिने अडान राखेर टेबुल बजाउँदै विरोध गरिरहेका छन् । यद्यपी संसद बैठक भने जारी छ ।
यसैबीच, संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको मागमा सभामुख अर्यालले समर्थन जनाएका छन् । साथै, छिट्टै प्रधानमन्त्री संसदमा उपस्थित हुने विश्वास पनि व्यक्त गरे ।
विपक्षी दलको विरोधपछि सभामुखले भने–‘हामीले केही दिन देखि एउटै विषयमा प्रवेश गरिरहेका छौं । प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्यो र सार्वभौम सांसदले उठाउन् प्रश्नको जवाफ दिनुपर्यो । आफ्ना कुरा राखिदिनुपर्यो । जनतालाई सम्बोधन गरिदिनुपर्यो । जुन विषय अत्यन्तै जायज छ । संविधानतः छ । नियमावलीसम्मत छ । कानुनसम्मत छ । जनताको माग पनि त्यही हो ।’
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार
















