एन आई सी एशिया बैंकद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाडौँ, १३ जेठ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ ।
विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग गर्ने उद्देश्यले बैंकले झोलासहित विभिन्न शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ ।
१३८ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठले जेठ १२ गते आयोजित कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश कुमार झा, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार







