१६ सार्वजनिक संस्थान घाटामा, नेपाल वायुसेवा निगमको सञ्चित घाटा १८ अर्ब नाघ्यो
काठमाडौँ, १३ जेठ। सार्वजनिक संस्थानमध्ये १६ वटा अझै घाटामा सञ्चालन भइरहेका छन् ।
सरकारद्वारा सार्वजनिक ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८३’ अनुसार नेपाल वायुसेवा निगम सबैभन्दा बढी सञ्चित घाटा हुने संस्थान बनेको छ ।
प्रतिवेदनअनुसार निगमको सञ्चित घाटा १८ अर्ब ९० करोड ९८ लाख रुपियाँ पुगेको छ । निगमको शेयरधनी कोषसमेत ७ अर्ब ९३ करोड ४४ लाख रुपियाँले ऋणात्मक रहेको उल्लेख गरिएको छ ।
सार्वजनिक संस्थानको कुल खुद नोक्सानी ३ अर्ब ८० करोड ५७ लाख रुपियाँ रहेको छ । प्रतिवेदनले राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र सञ्चालनगत अकुशलतालाई घाटाको प्रमुख कारण मानेको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार
















