जेनजी आन्दोलनअघि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको आयोगको निष्कर्ष
काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलन हिंसात्मक हुन सक्ने संकेत हुँदाहुँदै पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा राष्ट्रिय अनुसन्धान विभागले पर्याप्त सूचना सङ्कलन गर्न नसकेको तथा सुरक्षा निकायले जोखिम मूल्याङ्कनमा प्रभावकारी भूमिका निर्वाह नगरेको उल्लेख गरिएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार
















