मानवअधिकार आयोगको सिफारिसमा रास्वपाका सांसदसहित आबद्ध व्यक्तिमाथि अनुसन्धानको माग



काठमाडौँ १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा आबद्ध व्यक्तिहरूको भूमिकामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले घटनाका क्रममा मानवअधिकार उल्लङ्घन तथा कानुनविपरीत गतिविधिमा संलग्नता भएको विषयमा थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सुझाव दिएको हो ।

प्रतिवेदनमा अनुसन्धान तथा कारबाहीका लागि सिफारिस गरिएका नामहरूमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला सङ्गौला, सुधन गुरुङ, आशिका तामाङ, शोम शर्मा र हरि ढकाल रहेका छन् ।

आयोगले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन उच्च राजनीतिक नेतृत्व, सुरक्षा निकायका अधिकारी तथा आन्दोलनसँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान र कारबाहीको सिफारिस गरेको थियो ।

भदौ २३ र २४ गते भएका घटनामा मानवअधिकार उल्लङ्घन भएको निष्कर्ष निकाल्दै आयोगले कानुनी सुधार, जिम्मेवार पक्षमाथि अनुसन्धान र उत्तरदायित्व सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्