कांग्रेस संसदीय दलमा विषयगत समितिको जिम्मेवारीबारे छलफल



काठमाडौँ, १४ जेठ। नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विषयगत समितिको जिम्मेवारी बाँडफाँट गर्ने विषयमा छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापाले संसदमा पार्टीको भूमिका, आगामी रणनीति र बजेटसम्बन्धी विषयमा छलफल भएको जानकारी दिए ।

“संसदमा पार्टीको भूमिका र आगामी रणनीतिसम्बन्धमा तथा भोलिको बजेटलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ,” उनले भने ।

उनका अनुसार संसदीय दलभित्र रिक्त रहेका केही पद पूर्ति गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको थियो ।

थापाले विषयगत अध्ययन तथा संसदीय कामलाई प्रभावकारी बनाउन समितिका संयोजकलाई जिम्मेवारी दिने विषयमा प्रारम्भिक छलफल भएको बताए ।

“धेरै कुराहरू हाम्रो संसदीय दलकै विषयवस्तुमा टेकेर भयो । विषयगत समितिको संयोजक तथा अध्ययनका लागि जिम्मेवारी दिने विषयमा छलफल भयो । आज एजेन्डा मात्रै राखेका छौँ,” उनले भने ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्