गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री बालेन टुँडिखेलमा, सम्बोधन नगर्ने
काठमाडौं । गणतन्त्र दिवस–२०८३ को अवसरमा आज राजधानी काठमाडौंसहित देशभर विभिन्न विशेष कार्यक्रमहरू आयोजना गरी उत्सवपूर्ण रूपमा मनाइँदैछ ।
मुख्य समारोह काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा भव्य रूपमा भइरहेको हो । कार्यक्रममा नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएर औपचारिक सुरुवात गरेको थियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाह, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रपतिबाट सम्बोधन हुने कार्यक्रम तय गरिएको भए पनि प्रधानमन्त्री शाहले भने सम्बोधन नगर्ने भएका छन्। उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँदै राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरी पत्राचार गरेको जनाइएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार
















