दलित बालबालिकाको पोषण भत्ता दोब्बर, सडक बालमुक्त राष्ट्र घोषणा
काठमाडौँ, १५ जेठ । सरकारले देशैभरका पाँच वर्षमुनिका दलित समुदायका बालबालिकाको पोषण सहायता दोब्बर गरी मासिक रु. एक हजार बनाएको छ। दलित बालबालिकाको पोषण सहायताका लागि रु. ३ अर्ब विनियोजन गरिएको छ।
सामाजिक सुरक्षातर्फ रु. १ सय २० अर्ब विनियोजन गरिएको छ। “सक्नेले छोडौं, नसक्नेलाई जोडौं” भन्ने राष्ट्रिय अभियान सञ्चालन गरी आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्ने व्यवस्था गरिने घोषणा गरिएको छ।
नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। जेनजी आन्दोलनका घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्थाअनुसार मासिक भत्ता र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने घोषणा पनि उल्लेखनीय छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार







