एकाएक सांसदको प्रश्नको जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले जनाए विरोध



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनका लागि तयार भएका छन् ।

आइतबार एकाएक प्रधानमन्त्री बालेन प्रतिनिधि सभाको रोष्ट्रममा पुगेका हुन् ।

कार्यसूची भन्दा बाहिर गएर प्रधानमन्त्री बालेन संसदको रोष्ट्रममा जवाफ दिन पुगेको भन्दै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा विपक्षी दलका नेता नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाएका हुन् ।

उनीहरूले संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार