वीरगञ्ज महानगर प्रमुख सिंह चार लाख १५ हजार धरौटीमा रिहा

वीरगञ्ज , १९ जेठ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह चार लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

मंगलबार ठोरीबाट पक्राउ परेका सिंहलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराइएपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार लिखतसम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ र झुट्टा विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।

नगरप्रमुख सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, अधिवक्ता कमलमोहन पोखरेल र प्रमोद साहले बहस गरे । जाहेरवालाका तर्फबाट अधिवक्ता चन्द्रिका पटेललगायतका कानुन व्यवसायीले बहस गरेका थिए भने नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्ताले बहस गरेका थिए ।

वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा नेपाल सरकारवादी रहेको उक्त मुद्दा अदालतमा दर्ता भएको हो । नगरप्रमुख सिंहमाथि झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ ।

उक्त मुद्दामा सिंहसँगै उनकी कान्छी पत्नी रिता भट्टराई तथा वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रहरीका अनुसार सिंहविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार जेठ ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पुनः पक्राउ पुर्जी जारी गरिएको थियो ।

अदालतको आदेशपछि नगरप्रमुख सिंह धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज (पर्सा), जेठ १९ गते । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह चार लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार