बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
रौतहट, १४ असार । रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवका आठ वर्षीय छोरा अनिकेश यादव र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्य यादवको आइतबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो।
दुवै बालक गाउँनजिकैको बागमती नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनीहरू हराएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजी गरेको थियो।
खोजीका क्रममा दुवै बालकको शव नदीबाट फेला परेको प्रहरी नायब उपरीक्षक गौतमले बताए।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












