पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ



जनकपुरधाम, १८ असार । नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

प्रहरीले उनलाई महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ गरेको हो।

थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार उक्त फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको फैसलापछि प्रहरीले कोइरीलाई गौशालाबाट पक्राउ गरेको जनाएको छ।

कोइरी महोत्तरीको गौशाला नगरपालिका–निगौलका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्