सैनिक जवानको नेतृत्वमा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार, ७ जना घाइते


 


दैलेख जेठ ५
दैलेखको दुल्लु नगरपालिकामा नेपाली सेनाका जवानको नेतृत्वमा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट ७ जना घाइते भएका छन् ।

खुकुरी प्रहारबाट एमाले कार्यकर्ता तिलक उपाध्याय, भगतलाल बानिया, बालकुमारी योगी, सुर्जा पाण्डे, सतानन्द पाण्डे, फुर्ति पाण्डे, पूर्ण पाण्डे घाइते भएका छन् ।

खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये १ जना सैनिक जवान भएको खुलेको हो । प्रहरीले सैनिक जवान प्रमबहादुर भण्डारीसहित नगेन्द्र भण्डारी, शक्ति सुनार र प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिकाको ७ नम्बर वडामा एमाले बिजयी भएपछि निकालेको बिजय जुलुसमा विवाद उनीहरुबीच विवाद भएको थियो । जुलुस सकेर घरमा बसेका एमाले कार्यकर्तामाथि सैनिक जवानको नेतृत्वको टोलीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्