सुकुम्बासी समस्याको दीर्घकालीन समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ



काठमाडौँ, २८ असार गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँगको छलफलमा गृहमन्त्री गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित रहेको बताएका छन्।

“तपाईँहरूको समस्या हाम्रो पनि समस्या हो। यसलाई सरकारले गम्भीरतापूर्वक बुझेको छ,” गृहमन्त्री गुरुङले बताएका छन्। “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्छ।”

उनले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्या समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीतिक स्वार्थ राख्न नहुने बताएका छन्।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्