घरमाथि पहिरो खस्दा एक महिलाको मृत्यु, दुईजना घाइते



जाजरकोट । जाजरकोटमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । उनकी छोरी र नातिनी घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बुद्धिसागर पुरीका अनुसार जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षापछि आएको पहिरोले ७१ वर्षीया जयशिलाकुमारी शाहको मृत्यु भएको हो ।

सोमबार बिहान २ बजेतिर जस्ता पाताको अस्थायी टहरामाथि ढिस्को खसेर च्याप्दा जयशिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोबाट शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र उनकी ७ वर्षीया छोरी टीका थापा घाइते भएका छन।

उनीहरुको अवस्था सामान्य रहेको तथा स्थानीय अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्