राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण



काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सङ्घीय संसद्बाट पारित विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरिएको हो।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयकहरू प्रमाणीकरण गरेको विज्ञप्तिमा उल्लेख छ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी आधार प्राप्त गरेको छ। अब बजेटका कार्यक्रम तथा योजनाहरू कार्यान्वयनको चरणमा प्रवेश गर्नेछन्।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्