बलात्कार मुद्दामा पूर्वप्रदेश प्रमुख राजेश झा दोषी ठहर
काठमाडौँ । बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा)लाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने आगामी पेसीमा हुने अदालतले जनाएको छ।
पीडित पक्षका तर्फबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट अधिवक्ता विजय मिश्रसहित १४ जनाले बहस गरेका थिए।
अहिराजविरुद्ध २०८१ माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। त्यसपछि प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो।
पीडितको जाहेरीअनुसार २०८१ जेठ ४ गते अहिराजले कोठामा एक्लै भएका बेला पटकपटक बलात्कार गरेको आरोप लागेको थियो। घटनाबारे कसैलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएको आरोपसमेत लगाइएको थियो।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेश प्रमुख रहेका थिए। उनी २०८२ साउन ४ गते पक्राउ परेका थिए।
Provide your feedback on BizChat
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










