नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद सजाय
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कैद सजाय तोकेको छ।
अदालतले रायमाझीलाई ४ वर्ष कैद तथा ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। यस्तै, खाँणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
सर्वोच्च अदालतको फैसलासँगै दुवै पूर्वमन्त्रीले तोकिएको सजाय भोग्नुपर्ने भएको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










