सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद



काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

ती बन्दुक कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्