उपत्यकाबाट शंकास्पद गतिविधिको आरोपमा ७० जना पक्राउ



काठमाडौँ। काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट मात्रै ६० जना पक्राउ परेका छन् । ललितपुरबाट ४ जना र भक्तपुरबाट ६ जना पक्राउ परेका छन् ।

उनीहरु सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा ६ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्