बढ्यो सुनको भाउ



काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्