हाइनान कप तेक्वान्दोमा वैभवी सापकोटालाई स्वर्णसहित दुई पदक



काठमाडौँ, ९ साउन । नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले चीनमा सम्पन्न हाइनान कप अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्णसहित दुई पदक जितेकी छन्।

चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा सम्पन्न प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्णक्योरुगी विधामा रजत पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाएकी हुन्।

पुम्से विधाको फाइनलमा वैभवीले थाइल्यान्ड र चीनका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पारिन्। यस्तै, क्योरुगी विधामा उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा थाइल्यान्डकी खेलाडीसँग पराजित हुँदै रजत पदकमै सीमित भइन्।

प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायत विभिन्न देशका खेलाडीको सहभागिता रहेको थियो।

वैभवीको यो उपलब्धिले अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको उपस्थितिलाई थप मजबुत बनाएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार