सुनको मूल्य घट्यो, कति छ आज ?
काठमाडौं, जेठ ८
सुनको मूल्यमा उतारचढाव आइरहेको छ। हिजो भन्दा आज सुनको मूल्यमा केही गिरावट आएको छ।
आज बजारमा सुन प्रतितोला ५४ हजार ५०० पुगेको छ। यो हिजो बजारमा भएको कारोबार भन्दा एक सय रुपैयाँ कम हो । हिजो बजारमा सुन प्रतितोला ५४ हजार ६०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा भने आज स्थिर छ। आज बजारमा चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार
















