महानगरको संख्या ६ पुग्यो, अब विराटनगर र विरगञ्ज पनि महानगरपालिका
काठमाडौं, जेठ ८
अब विराटनगर र विरगञ्ज पन िमहानगरपालिका भएका छन् । यो सँगै महानगरको संख्या छ पुगेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले दुई महानगर थप्ने निर्णय गरेको हो।
सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजयकुमार गच्छदार नेतृत्वमा स्थानीय तहको संख्या थप्न कार्यदल गठन गरेको थियो ।
पहिले काठमाडौं मात्र महानगरपालिका रहेकोमा स्थानीय तह पुनर्संरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगर भएका छन् । मन्त्रिपरिषद बैठकले तराई मधेसमा २२ वटा स्थानीय तह थप्ने निर्णय समेत गरेको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार