प्रधानमन्त्री दाहालले आज राजीनामा दिन सक्ने, यस्तो छ तयारी


 


काठमाडौं, जेठ ९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राजीनामा दिन सक्ने सम्भावना देखिएको छ ।

नेकपा माओवादी केन्द्रको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेसंगै राजीनामाको सम्भावना बढेको हो । विभिन्न मागहरु राख्दै आएको मोर्चामा आबद्ध दलहरुले थप कुनै मागहरु नराखे उनले आज संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने जनाइएको छ ।

काँग्रेससंग भएको पूर्व भद्र सहमतीअनुसार नै उनी राजीनामा दिने र त्यसका लागि विशेष तयारी समेत भइरहेको जनाइएको छ । केन्द्रको बैठकमा प्रचण्डले कांग्रेससँग भएकमो भद्र सहमतिमा इमान्दारिता देखाउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्