प्रधानमन्त्री प्रचण्डले आज पदबाट राजीनामा दिने


 


काठमाडौं, जेठ ९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिने भएका छन् ।

उनले आज दिउसो १ बजे व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् । प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

यसअघि सरकार गठनका बेला नेपाली कांग्रेससंग भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

सहमतिअनुसार अब कांग्रेस कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्